Fast Nepal News

माघ २९ गतेदेखि फागुन ६ गतेसम्मको एक साताको राशिफल हेर्नुहोस्

banner single news

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । धार्मिक तथा साहित्यमा रुचि बढ्नेछ । शेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानी बाट पनि राम्रै फाइदा मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आराधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

आफन्तको सहयोगी हातहरू अघि बढ्नेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

आफन्तसँग मनमुटाव बढ्न सक्छ । जुनसुकै काममा विचार गरेर निर्णय लिनु उचित होला । शेयर बजार तथा आर्थिक कारोबारमा मन्दी आउनसक्छ । मध्य साताबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

टाढिएका मित्रसँग नजिकिने समय छ । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । झैझमेलाको अवस्था आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

कुनै न कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । साताको अन्त्यमा भने केही कठिनाइको सामना गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

यो साता नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । तीर्थाटनको योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

Inside Article Ads

साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । विचार गरेर बोल्नु र निर्णय लिनु उचित होला । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । मध्य साताबाट हाँसखेल र मनोरञ्जन र भोजभतेरमा सहभागी हुनुपर्ला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

रोकिएका काम पुनः सुरु हुन सक्छन् । साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । अतः भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारबाट पनि राम्रै फाइदा मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

विश्वास गरेकाले साथ दिनेछन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक र वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । शेयर बजार र वित्तीय संस्थामा गरेको लगानी बाट पनि राम्रै फाइदा मिल्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):

लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पुरानो रोकिएको धनमाल हात पर्न सक्छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । साताको अन्त्यमा मनमा दुबिधा उत्पन्न हुनेछ । चुनौतीको सामना गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

साताको सुरुका दिनमा मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । आफन्तसँग खटपट हुन सक्छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रेला । समान पनि हराउन सक्छ । मङ्गलवारबाट बोलीको भरमा कार्य सम्पादन हुनेछ । राजनैतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफलता पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

मान प्रतिष्ठामा वृद्धि होला । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । नयाँ यात्राको योजना बन्ला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको साथ पनि पाईनेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । चुनौतीको सामना गर्नुपर्ला ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.