Fast Nepal News

पुष २६ गते मंगलबारको राशिफल

banner single news

मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

बृष राशि(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। लगानी परे पनि तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ।

मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, हा)

सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।

कर्कट राशि(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पहिलेका कमजोरीलाई सुधार गरी फाइदा लिने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुने समय छ। सम्पादित कामबाट धन लाभ हुनेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुने सम्भावना छ। रमाइलो जमघटको आनन्द पनि प्राप्त हुनेछ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला। प्रतिस्पर्धामा पनि कमजोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। यात्राका लागि खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

Inside Article Ads

उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सहयोगी भावनाले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्नेछ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

मकर राशि(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रतीक्षित नतिजा क मजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सोचेको काम समयमा नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ। अवसरले काममा उत्साह जगाउनेछ। कामले लोकप्रियता नै दिलाउनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ।

मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.