
मेष राशि -(चु, चे,चो, ला,लि,लु,ले,लो,अ)
परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।
वृष राशि -(इ,उ,ए,ओ,वा,वि,वु,वे, वो)
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।
मिथुन राशि- (का,कि,कु,घ,ङ, छ,के,को,हा)
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।
कर्कट राशि – (हि,हु,हे,हो,डा,डि,डु, डे,डो)
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
सिंह राशि -(मा,मि,मु, मे,मो,टा,टि,टु,टे)
आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
कन्या राशि-(टो,पा,पि,पु, ष,ण,ठ,पे,पो)
आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
तुला राशि-(रा,रि,रु,रे,रो,ता, ति,तु,ते)
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।
वृश्चिक राशि -(तो,ना, नि,नु,ने,नो,या,यि,यु)
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
धनु राशि-(ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
मकर राशि-(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।
