Fast Nepal News

पुष १६ गते शनिबारको राशिफल

banner single news

मेष राशि -(चु, चे,चो, ला,लि,लु,ले,लो,अ)

काममा सहयोगीे साथीभाइ हरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ साथै ब्यापार व्यबसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।

वृष राशि -(इ,उ,ए,ओ,वा,वि,वु,वे, वो)

तपाइको प्रशंसा गर्नेहरु बढ्नेछन्, ब्यापार व्यबसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।

मिथुन राशि- (का,कि,कु,घ,ङ, छ,के,को,हा)

टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गनु होला कतै टाढाको यात्राको सम्भावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ ।

कर्कट राशि – (हि,हु,हे,हो,डा,डि,डु, डे,डो)

भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरीरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला ।

सिंह राशि -(मा,मि,मु, मे,मो,टा,टि,टु,टे)

तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ। साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसियारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला ।

कन्या राशि-(टो,पा,पि,पु, ष,ण,ठ,पे,पो)

आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ ।

तुला राशि-(रा,रि,रु,रे,रो,ता, ति,तु,ते)

Inside Article Ads

काममा जोस जागर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसंग पनि भेट होला ।

वृश्चिक राशि -(तो,ना, नि,नु,ने,नो,या,यि,यु)

वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायासै रुपैयापैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् विचार गर्नु होला ।

धनु राशि-(ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)

काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

मकर राशि-(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।

कुम्भ राशि- (गु, गे, गो, सा,सि,सु,से,सो,दा)

नोकरी तथा राजनितीमा गरेका प्रयास हरु फलदायी रहनेछन, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।

मीन राशि- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होशियार रहनु होला।
Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.