Fast Nepal News

चौध बालीका ३६ नयाँ जात सिफारिस

banner single news

काठमाडौं – बैशाख ९

काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उन्मोचित विभिन्न १४ वटा बालीका नयाँ जातको अनुमोदन गरेको छ । सरकार तथा निजी क्षेत्रबाट उन्मोचन तथा दर्ताका लागि प्रस्ताव गरिएका विभिन्न बालीका ३६ जातको अनुमोदन गरी मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशनका लागि सरकारलाई सिफारिस गरेको हो ।

३६ वटा जातमध्ये नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले उन्मोचन गरेका मकै, गहुँ, फापर र गोलभेँडाका १५ वटा जात छन् भने बाँकी २१ वटा जात निजी क्षेत्रले उन्मोचन गरेको बीउबिजन छन् । धानका टीएमआरएच १२४, एमपीआर ५०५, एमपी ३०३०, एरिज ए जेठ ६६३३ एसटी, २७ पी २२ र आरएचआर १११ गरी छवटा जात दर्ता गरिएको छ ।

Inside Article Ads

मकैका मनकामना–१ जातको एक, गहुँको मुडुले एक, कौटीला, तिला, सुर्मा, भेरीगङ्गा, हिमगङ्गा, खुमल शक्ति, जिङ्क, गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लोग–२०२० गरी १० वटा, फापरको तितेफापर १ र तिते फापर–२ गरी दुई जात उन्मोचन गरिएको छ । त्यस्तै कोदोको रातो कोदो जातको एक, उखुको जितपुर–५, ६ र ७ गरी तीनवटा जात, लट्टेको लाल मार्से जातको एक, चिनोको दूधे चिनो जातको एक, कागुनोको बरियो कागुनो जातको एकवटा बाली उन्मोचन गरिएको छ ।

गोलभेँडाका पनि खुमल श्रेष्ठ एफ १ र खुमल गौतम एफ १ गरी दुईवटा जात उन्मोचन गरिएको छ । रायो सागको मनकामना रायो९स्थानीय० जात एकवटा, सिमीको पहेँलो सिमी जातको एक घिउ सिमीको खैरो घिउ सिमी एक र अलैँचीको रामसाई, गोलसाई, डम्बरसाई, भर्लाङ्गे र जिर्मले गरी पाँचवटा जात पनि दर्ता गरिएको कृषि मन्त्रालयले जनाएको छ ।गोरखापत्र दैनिकमा खवर छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.