
३० चैत ।
पूर्वि लमजुङको राइनास नगरपालिका वडा नं. ५ तिनपिप्ले विराैटाटोलका स्थानिय सामूहिक खेतीतर्फ जुटेका छन् ।
प्रगतिशिल दलित वहुउद्देश्यीय कृषि समूहमा आवद्ध स्थानियले सामूहिक हलेदो तथा अदुवा खेतितर्फ जुटेका हुन् । समुहमा आवद्ध २५ जना संगठित भएर सामुहिक हलेदो र अदुवा खेती सुरु गरेका छन् ।
उनिहरुले करिव ५० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती सुरु गरेका हुन् । स्थानिय नगरपालिकाको सहयोगमा सामूहिक खेतीतर्फ आर्कषित वनेका स्थानीयले करिव ४० रोपनी जग्गामा हलेदो खेती, ५ रोपनीमा अदुवा खेती सुरु गरेका छन् । अहिले करिव २० रोपनी जग्गामा हलेदो लगाउने काम सकिएको र वाँकी जग्गामा पनि हलेदो र अदुवा लगाउने काम जारी रहेको प्रगतिशिल दलित वहुउदेश्यीय कृषि समूहका उपाध्यक्ष रामशाली नेपालीले वताउनुभयो ।
५ रोपनी जग्गामा भने समुहका एक सदस्यले हलेदो खेती सुरु गरेका छन् । ५ रोपनीमा समुहका सदस्य दलवहादुर अछामीले व्यक्तिगतमा रुपमा हलेदो खेती सुरु गर्नुभएको हो ।

प्रगतिशिल दलित वहुउदेश्यीय कृषक समूहमा हाल १ सय १५ जना आवद्ध छन् भने सामुहिक खेतीमा हाल समुहका २५ जना मात्र आवद्ध रहेको कृषक समूहका अध्यक्ष शंकर वहादुर नेपालीले वताउनुभयो । उहाँका अनुसार सामूहिक खेतीमा पुरुषहरु भन्दा महिलाहरुको सहभागिता वढी रहेको छ ।
सामुहिक खेतीका लागि राइनास नगरपालिकाले मसलाबाली प्रर्वद्धन कार्यक्रम अन्र्तगत अदुवा तथा हलेको विउ, अनुदानमा कृषि औजार वितरण कार्यक्रम अन्र्तगत हातेट्याक्टर र अन्य कृषि औजार सहयोग गरेको नगरपालिकाले जनाएको छ । समूहलाई नगरपालिकाबाट करिव ८ लाख वराबरको सहयोग प्राप्त भएसँगै समहूमा आवद्द स्थानियहरु सामूहिक खेतितर्फ उत्साहित वनेको समूहका सल्लाहाकार पूर्णवहादुर नेपालीले वताउनुभयो ।
दलित समुदायका व्यक्तिहरुको बसोवास बढी रहेको विरौटाटोलमा महिला शसक्तिकरण, टोल सुधार तथा समाजिक कार्य गर्ने उदेश्यले सुरुमा महिलाहरु संगठित भएर करिव ५ वर्ष अघि आमा समूह गठन भएको थियो । आमा समूहलाई विस्तार गर्दै महिला पुरुष दुवैको सहभागिता रहने गरी २०७५ सालमा प्रगतिशिल दलित वहुउदेश्यिय कृषक समूहको रुपमा दर्ता गरिएको हो ।
हाल समूहमा गैह्र दलितलाई समेत समावेश गरिएको छ । आगामी दिनमा समुहमा आवद्ध हुने चाहने स्थानियलाई संगठित गर्दै अघिवढ्ने सदस्यहरुको क्षमता वृद्धिका कार्यक्रमलाई पहिलो प्रथामिकता दिने समूहको मुख्य उदेश्य रहेको सल्लाहाकार नेपालीले वताउनुभयो ।
पहिलो प्रयासको रुपमा सामूहिक रुपमा सुरु गरेको खेतीले समुहमा आवद्ध स्थानियको आयआर्जनमा वृद्धि गर्नुका साथै महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उदेश्य राखिएको छ ।
