Fast Nepal News

तीन करोड लगानीमा खुल्यो तरकारी तथा फलफूल बजार

banner single news

चितवन— मंसिर ५, २०७७।

चितवनका तीन युवाको तीन करोड रुपैयाँको संयुक्त लगानीमा चितवनको भरतपुरमा तरकारी तथा फलफूल मण्डी स्थापना भएको छ । भरतपुर महानगर वडा–१० स्थित बाइपासरोडमा शम्भु थापा, सुजन दराई र कृष्ण अधिकारीको संयुक्त लगानीमा उक्त मण्डी सञ्चालनमा आएको हो ।

स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले मण्डी सञ्चालनमा ल्याइएको युवा उद्यमीले बताएका छन् । भरतपुर तरकारी तथा फलफूल प्रालिका अध्यक्ष शम्भु थापाले स्थानीय कृषकलाई प्रोत्साहित गरी उचित मूल्यमा खरिद गर्न सहज बनाउने उद्देश्यले मण्डी सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार चितवनका सातै स्थानीय तहका कृषि उपजलाई सदुपयोग गर्ने र कृषि उत्पादन बढाउने संस्थाको उद्देश्य छ । ‘१४ वर्षको अनुभवका साथै चितवन कृषिका लागि हब भएकाले पनि यो अवधारणा ल्याएका हौं,’ अध्यक्ष थापाले भने ।

Inside Article Ads

मण्डीमा १० हजार वर्गमिटरमध्ये ७ हजार वर्गमिटरमा ४४ वटा तरकारी तथा फलफूलका स्टल रहनेछन । यीमध्ये ३६ वटा तरकारी, ४ वटा फलफूल, १/१ वटा अर्गानिक, दूध, बिउबिजनका रहनेछन् ।

तीन हजार वर्गमिटर क्षेत्रफलमा चामल, दाल, चिनी, तेल तथा गेडागुडीका स्टल रहने अध्यक्ष थापाले बताए । संस्थाले स्थानीय कृषकका साथै आफ्नै लगानीमा समेत कृषि उत्पादन गर्न जिल्लाका विभिन्न स्थानमा जग्गा भाडामा लिएर उत्पादन सुरु गरिसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.