- काठमाण्डौं, लक्ष्मण सुबेदी द्वारा लेखन निर्देशन गरिएको नेपाली कथानक चलचित्र सतीदेबीको सिभिल महल स्थित क्यु एफ एक्स सिनेमा हलमा टेलर सार्बजनिक गरिएको छ । गोल्डेन स्टेट मुभि मेर्कस एल एल सी क्यालिफोर्निया सँगको सहकार्यमा र उही सुबेदी परिवार अर्थात दिलासा क्रियसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नायिका मल्लिका महत छिन् भने पुराना कलाकारमा रमेश बुढाथोकी रहेका छन् । बिशेष गरी नारीलाई उच्च सम्मान दिएर बनाइएको यस चलचित्रको मुख्य कलाकार नै मल्लिका महत रहेकी छिन् । चलचित्रमा मल्लिकाका अलवा बाल कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको टेलरले नारी संबेग र संबेदनालाई उत्कृष्ट रुपमा देखिएको छ । नेपाली समाजमा छोरा नभै नहुने प्रबृतीका नकारात्मक पक्षहरुको चिरफार गर्दै छोरी बुझौ छोरी पुजौं भन्ने नाराका साथ बनेको चलचित्रको टेलर हेर्दा मात्र पनि चलचित्र उत्कृष्ट बनेको देखिएको छ । टेलर हेर्दा छोरा पाउने आशामा छोरी नै छोरी पाएको र गरीब परिवारलाई समाजले गर्ने ब्यवहार हेर्ने दृष्टीकोणकै कारण परिवार बिग्रहमा गएको स्पष्ट देख्न सकिन्छ । निर्देशक सुबेदीका अनुसार चलचित्रमा स्टार मात्र नभै बिषय बस्तु पनि एउटा गहन पाटो रहेको र आफुले त्यही भएर कुनै स्टार नराखेको बताएका छन् । प्रबिधिक पक्षमा केही कमजोर जस्तो देखिएता पनि संबादमा बोलिने शब्दहरु उत्कृष्ट रहेको देख्न सकिन्छ । सतीदेबी चलचित्र नामले कुनै धार्मिक चलचित्र जस्तो लागे पनि चल्चित्र धार्मिक नरहेको निर्देशकले बताएकाछन् । केही महिना अगाडी नै प्रर्दशनमा ल्याउन तयार परिएको चलचित्र बिभिद प्रबिधिक कारणका बाबजुद अब भने भाद्र ७ गते देखि अधिराज्यका हलहरुमा चल्ने निश्चि भएको छ ।
Visited 22 times, 1 visit(s) today