Fast Nepal News

तनहुँ समाज जापानको दोस्रो अधिवेशन सम्पन्न, डा. भोजराज पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन

banner single news

 

टोकियो, जापान — तनहुँ समाज जापानको दोस्रो अधिवेशन २०२५ जुन १, आइतवारका दिन टोकियोको ओकुवो स्टेशन नजिकै रहेको प्याराडाइज रेष्टुराँमा सम्पन्न भएको छ। सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ।

पूर्व अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले डा. भोजराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिपक घिमिरे, उपाध्यक्षमा माधव सिग्देल, पुष्प बानिँया, र शंकर सिग्देल चयन भएका छन्। महिला उपाध्यक्षको जिम्मेवारी धार्मिका घिमिरेले सम्हाल्ने भएकी छन्।

त्यसैगरी, सचिवमा डा. दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुरेन्द्र सुवेदी, सह-सचिवमा बासुदेव पन्त, सह-कोषाध्यक्षमा शान्ती अधिकारी चयन भएका छन्। सदस्यहरूमा अम्बिका पौडेल, राजु महत, दिल दराइ, सुवास थापा, लक्ष्मण बानिँया, प्रज्वल तिमल्सिना, शन्त गुरुङ र माया भुजेल रहेका छन्।

Inside Article Ads

समाजका संरक्षकमा राजेन्द्र जमर्कट्टेल र विजय थापा रहेका छन् भने सल्लाहकारहरूको भूमिकामा तारा थापा, पुरुसोत्तम सिग्देल, सुमन भट्टराई र मीन गुरुङ रहने भएका छन्।

नव निर्वाचित कार्यसमितिको पहिलो बैठक पनि सोही दिन सम्पन्न भएको थियो। बैठकले निवर्तमान कार्यसमिताप्रति आभार व्यक्त गर्दै आगामी जुलाई १३ तारिखमा भानु जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ।

समाजले जापानमा रहेका तनहुँबासी नेपालीहरूबीच एकता, आपसी सहयोग र संस्कृतिको संरक्षणमा निरन्तर क्रियाशील भूमिका खेल्दै आएको छ।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.