Fast Nepal News

चीनले जित्यो टोकियो ओलम्पिक-२०२० को पहिलो स्वर्ण पदक

banner single news

काठमाडौँ — ९ श्रावण २०७८

काठमाडौँ, टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । शनिबार बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराएकी हुन् ।

त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जितेकी छन् ।सन् १९६४ पछि टोकियोले फेरि ओलम्पिक आयोजना गर्दा ३३ खेलमा ११ हजार बढी खेलाडीले अगस्ट ८ सम्म प्रतिस्पर्धा गर्दै छन् ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.