Fast Nepal News

भारतमा घट्यो कोरोनाको संक्रमणदर

banner single news

काठमाडौं, जेठ १

काठमाडौं, छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण दर घटेको छ । दैनिक ४ लाखभन्दा बढी संक्रमित भेटिने भारतमा पछिल्लो समय संक्रमितको संख्यामा गिरावट आउन लागेको हो ।

पछिल्लो २४ घन्टामा संक्रमितको संख्या ४ लाख बाट घटेर तीन लाख २६ हजारमा आइपुगेको छ । ३६ लाखभन्दा बढी सक्रिय संक्रमित रहेको भारतमा संक्रमण दर घटेको देखिएको हो ।

Inside Article Ads

कोरोना संक्रमितको दोस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म २ करोड ४३ लाख ७२ हजार जनालाई कोरोना संक्रमण भएको छ । यीमध्ये २ लाख ६६ हजार २२९ जनाको मृत्यू भएको छ ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.