Fast Nepal News

केरोनाबाट २४ घन्टामा साढे १२ हजारको मृत्यू

banner single news

काठमाडौं, वैशाख २६

काठमाडौं, पछिल्लो २४ घन्टामा विश्वमा कोरोना भाइरसबाट १२ हजार ६०० जनाको मृत्यू भएको छ । विश्वभरका देशमा २४ घन्टामा भएको यो मृत्यू अघिल्ला दिनहरुको तुलनामा कम हो ।

सबैभन्दा बढी भारतमा ४ हजार १३३ जना, ब्राजिलमा २ हजार ९१, अमेरिकामा ६४७, कोलम्बियामा ४९२, पोल्याण्डमा ४२१, रुसमा ३७०, टर्कीमा २८१, इटालीमा २२४ जनाको मृत्यू भएको छ ।

योसँगै विश्वमा कोरोनाबाट मृत्यू हुनेको संख्या ३२ लाख ९५ हजार ९७४ पुगेको छ । कोरोना भाइरस फैलिएदेखि अहिलेसम्म विश्वभर १५ करोड ८३ लाख २ हजार २२० जना संक्रमित बनेका छन्।

Inside Article Ads

जसमध्ये १३ करोड ५७ लाख १३ हजार १०४ जनाले कोरोनालाई जितेका छन् । वल्डोमिटरका अनुसार सबैभन्दा बढी अमेरिकामा तीन करोड ३४ लाख जनालाई कोरोना संक्रमण भएको छ । जसमध्यबाट ५ लाख ९५ हजार जनाको मृत्यू भएको छ ।

यसपछि भारतमा २ करोड २२ लाख ९५ हजार जनामा कोरोना संक्रमण हुँदा २ लाख ४२ हजार जनाको मृत्यू भएको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा १ करोड ५१ लाख जनालाई संक्रमण भएर ४ लाख २१ हजार जनाको मृत्यू भएको छ ।

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.