Fast Nepal News

चीन र अष्ट्रेलियाको व्यापरिक सम्बन्ध उत्कर्षमा, सबै सम्झौता रद्द

banner single news

काठमाडौं, वैशाख २६

काठमाडौं, चीन र अष्ट्रेलियाबीचको सम्बन्ध उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाले चिनियाँ ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) सम्झौता एकतर्फीरुपमा रद्द गरेपछि सम्बन्ध उत्कर्षमा पुगेको हो ।

यसैगरी, अष्ट्रेलियाले कोरोना भाइरसको उद्धगम स्थल चीनमा स्वतन्त्र छानविन हुनुपर्ने समेत बताएको थियो । चीनले महामारी फैलाएको हुन सक्ने भन्दै अष्ट्रेलियाले यस्तो बताएको हो ।

यी दुई घटनापछि आक्रोसित बनेको चीनले अनिश्चित कालका लागि अष्ट्रेलियासँगको सबै किसिमका व्यारिक सम्बन्ध रद्द गरेको हो । चीनले अष्ट्रेलियाबाट कोइला, गहुँ, अंगुर, फलाम र उन लगायतका अन्य कृषि सामाग्री पनि किन्दै आएको थियो ।

Inside Article Ads

अब यी सामान चीनले अष्ट्रेलियाबाट ल्याउँने छैन । यसैगरी, चीनबाट अष्ट्रेलियाले विद्युतीय सामाग्री, लत्ताकपडा लगायतका सामान ठूलो मात्रामा आयात गर्दै आएको थियो ।

अष्ट्रेलियाले शितयुद्धकालीन मानसिक्ता राखेको र वैचारिक भेदभावमा उत्रिएको चीनले आरोप लगाएको छ । यतिबेला भारत र अमेरिकासँग पनि चीनको व्यापारिक सम्बन्ध राम्रो छैन ।

Visited 45 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.