Fast Nepal News

विश्वमा पछिल्लो २४ घन्टामा झण्डै १४ हजारको मृत्यू, सबैभन्दा बढी भारतमा

banner single news

काठमाडौं, वैशाख २२

काठमाडौं,  कोरोना भाइरसबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ६ सयभन्दा बढीको मृत्यू भएको छ । संक्रमणबाट स्थिती भयावह बनेपछि यस अवधिमा सबैभन्दा बढी मृत्यू भारतमा भएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा ३ हजार ७७६ जना संक्रमितको मृत्यू भएको छ । यसैगरी, सबैभन्दा बढी मृत्यू हुनेको दोस्रो स्थानमा रहेको ब्राजिलमा सोही अवधिमा ३ हजार २५ जनाको मृत्यू भएको छ ।

अमेरिकामा ८४८, फ्रान्समा २४७, टर्कीमा ३३६, रुसमा ३३७ जनाको मृत्यू भएको छ । विश्वभर संक्रमण फैलिएदेखि आजसम्म कुल ३२ लाख ४० हजार ६२२ जनाको मृत्यू भइसकेको छ ।

Inside Article Ads

यसअवधिमा १५ करोड ४९ लाख ६९ हजार २८३ जनालाई कोरोना संक्रमण भएको छ भने १३ करोड २४ लाख २३ हजार ५७६ जनाले कोरोनालाई जितेका छन् ।

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.