
लिस्बन,पोर्चुगल -पोर्चुगलमा कोरोना महामारी बिच जनवरी २४ तारिख आइतबार सम्पन्न रास्ट्रपति निर्वाचनमा बर्तमान रास्ट्रपति मर्सेलो रेबेलो दि सौसा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छ्न।उनको कार्यकाल ५ बर्षको हुनेछ।
राष्ट्रपति पदको उम्मेदवारहरुमा मर्सेलो रेबेलो दी सौसाले कुल मतको ६३.४ प्रतिशत , आन्द्रे वेन्तुरा ( १२. ३ % ) , आना गोमेस ( १०. ९ % ), जॉओ फेर्रेइरा ( ३. ८ % ) , मरिसा मतिअस ( ३. ७ % ) , वितोरिनो सिल्वा ( ३. ५% ) र तिअगो मयन गोंकाल्वेसले ( २. ५ % ) मत ल्याएका छन्।
राष्ट्रपति पदको निर्वाचनका लागि २ जना महिला उम्मेदवार सहित ७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
