Fast Nepal News

रवि लामिछानेको नेतृत्वमा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य , सचिवालय सदस्य दीपक बोहरालगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा भेट

दुई छिमेकी राष्ट्रबीचको युगौँ पुरानो ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ र सुदृढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यता र अभ्यासहरूमाथिको सम्वादलाई फराकिलो बनाउनु यस उच्चस्तरीय भेटको मुख्य उद्देश्य रहेको थियो

banner single news

नयाँ दिल्ली । जेष्ठ १९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य , सचिवालय सदस्य दीपक बोहरालगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा भाजपाको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न गरेको छ।

Inside Article Ads


भाजपाका राष्ट्रिय अध्यक्ष श्री नितिन नविन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालगायतका वरिष्ठ नेताहरूसँग भएको यस द्विपक्षीय छलफलले दलगत कूटनीति को अभ्यासलाई अघि बढाएको जनाएको छ। दुई छिमेकी राष्ट्रबीचको युगौँ पुरानो ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ र सुदृढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यता र अभ्यासहरूमाथिको सम्वादलाई फराकिलो बनाउनु यस उच्चस्तरीय भेटको मुख्य उद्देश्य रहेको थियो। यसका साथै, भेटमा सुदृढ साङ्गठनिक निर्माण, तल्लो तहसम्मको जनसम्पर्क, विकासमुखी सुशासन र समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी रणनीतिक अनुभवहरू आदानप्रदान गरिएका थिए, जसले दुई दलबीचको आपसी समझदारीलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै रास्वपाको संगठनात्मक सुदृढीकरण र लोकतान्त्रिक परिपक्वतालाई थप बल पुर्‍याउने विश्वास रास्वपाले लिएको छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.