Fast Nepal News

इजरायलविरुद्ध सैन्य आक्रमणको धम्की फिर्ता लिन इरानद्दारा अस्वीकार

banner single news

इरानले गत महिनाको अन्त्यमा तेहरानमा भएको हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यामा संलग्न इजरायलविरुद्ध सैन्य आक्रमणको आफ्नो धम्की फिर्ता लिन भनिएको पश्चिमी आह्वानलाई अस्वीकार गरेको छ ।

“फ्रान्स, जर्मनी र बेलायत जसले यहुदी शासनले गरेको अन्तर्राष्ट्रिय अपराधमा कुनै आपत्ति जनाएको छैन, उनीहरुले निर्लज्ज रूपमा इरानलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने शासनविरुद्ध कुनै प्रतिरोधात्मक कारबाही नगर्न आग्रह गरिरहेका छन्”, विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले एक विज्ञप्तिमा भनेका छन्।

“यस्तो अनुरोधमा राजनीतिक तर्कको अभाव छ, अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त र नियमको उल्लङ्घनका बावजुद इजरायललाई सार्वजनिक र व्यावहारिक समर्थन गर्छ”, उनले भनेका छन्।

इरान र यसका सहयोगीहरूले जुलाई ३१ मा राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहणका लागि तेहरानको भ्रमण गर्दा नेता हनियाको हत्याका लागि इजरायललाई दोषी ठहराएका छन् ।इजरायलले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

Inside Article Ads

इजरायल–हमास युद्धका कारण पहिले नै तनावमा रहेको मध्यपूर्वमा ठूलो द्वन्द्व रोक्न पश्चिमी कूटनीतिज्ञहरूले एकता जनाएका छन् ।संयुक्त राज्य अमेरिका र युरोपेली सहयोगीले सोमबार एक विज्ञप्तीमार्फत इरानलाई आफ्नो धम्की फिर्ता लिन अनुरोध गरेका हुन् ।

बेलायत, फ्रान्स, जर्मनी, इटाली र संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामीले इरानलाई इजरायलविरुद्ध सैन्य आक्रमणको धम्कीलाई रोक्न आह्वान गरेका छौं र यस्तो आक्रमण भएमा क्षेत्रीय सुरक्षामा हुनसक्ने गम्भीर परिणामबारे जानकारी गराएका छौँ ।”

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.