Fast Nepal News

मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणका लागि काठमाडौंमा

banner single news

मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणका लागि काठमाडौं आएकी छन् ।

उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । उनलाई नेपाल पर्यटन बोर्डलगायत बिभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुको टोलीले पञ्जेबाजा बजाई स्वागत गरेका हुन् ।

मिस माल्टाको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने माल्टाका लागि नेपालको पर्यटन प्रबर्द्धक प्रकाश भण्डारीले जानकारी दिएका छन्। टोलीमा मिस माल्टाका अतिरिक्त अन्य सदस्यहरु केस्टर्न बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि छन् ।

Inside Article Ads

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्ने बताइएको छ । उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुनेछन् ।
मिस माल्टाको टोली चितवनसहित विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने वृत्तचित्र पनि निर्माण गर्ने योजनामा रहेको गैरआवासीय नेपाली संघ एनआरएनका अभियन्ता सोम सापकोटाले जानकारी दिएका छन् ।

हाल माल्टाबाट थोरै संख्यामा मात्र पर्यटकहरु नेपाल भित्रिने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट पनि नेपालमा पर्यटकहरु भित्रिन सक्ने सरोकारवालाहरुको भनाइ छ । टोली नेपाल भ्रमण पूरा गरी साउन २२ मा स्वदेश फर्किने कार्यक्रम छ ।

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.