Fast Nepal News

संसारका सबैभन्दा शक्तिशाली पासपोर्टहरु,पहिलो नम्बरमा सिगांपुर

banner single news

विगत १९ बर्षदेखी,लन्डन स्थित ग्लोबल नागरिकता र निवास सल्लाहकार फर्म हेन्ले एण्ड पाटर्ननर्सद्धारा गरिएका हेन्ले पासपोर्ट ईन्डेक्सले अन्तराष्ट्रिय हवाई यातायता संघ ( दि ईन्टरनेश्नल एयर ट्रान्सपोर्ट एसोसिएसन)को विशष डाटा प्रयोग गरी विश्वका २२७ देश र क्षेत्रहरुमा विश्वव्यापी स्वतन्त्रताहरुको ट्रयाक गर्दै आएको छ ।
हेन्ले पासपोर्ट ईन्डेक्सको सर्वेक्षणमा एसियन राष्ट्र सिंगापुर अमेरिकी देशहरु र युरोपियन दशहरुलाई पछि पार्दै सबै भन्दा शक्तिशाली पासपोर्टको पहिलो नम्बरमा परेको छ । सिगांपुरको पासपोर्टले १९५ देशहरुमा विना भिषा प्रवेश गर्न पाउने छ । त्यसैगरी दोस्रो नम्बरमा फ्रान्स,जर्मनी , ईटाली ,जापान र स्पेनको परेको छ ।
यी देशका नागरिकहरुले १९२ देशहरुमा बिना भिषा प्रवेश गर्न पाउने छन ।
तेस्रो नम्बरमा परेका देशहरु अष्ट्यिा,फिल्याण्ड,आयरल्याण्ड,लक्जमबर्ग,नेदरल्याण्ड,दक्षिण कोरिया र स्वीडेन हुन। यि देशहरुले १९१ देशमा बिना भिषा प्रवेश गर्न पाउने छन ।
चौथो नम्बरमा बेलिजयम,डेनमार्क,न्यूजिल्याण्ड,नर्वे,स्विटजरल्याण्ड र यूनाइटेड किगंडम छन जुन देशहरुले १९० देशहरुमा विना भिषा प्रवेश पाउनेछन । त्यसैगरी अष्टेलिया र पोर्चुगल १८९ देश हरुमा विना भिषा प्रवेश गर्न पाउँदै पाँचौ नम्बरमा परेका छन । ग्रीस र पोल्याण्ड १८८ देशमा विना भिषा प्रवेश गर्न पाउने देशको छैठौं नम्बरमा परेका छ भने क्यानडा,चेकिया,हंगेरी र माल्टा १८७ देश सहित सातौं नम्बर र संयुक्त
राज्य अमेरिका १८६ देश सहित आठौं नम्बरमा परेको छ । त्यसैगरी इष्टोनिय,लिथआनिया र संयुक्त राज्य अरब इमिरेटस १८५ देशमा विना
भिषा प्रवेश गर्न पाउँदै नवौं नम्बरमा परको छ भने दशौं नम्बरमा आइसल्याण्ड,लाटभिया,स्लोभाकिया , स्लाभेनिया परेका छन । यी देशहरुले
१८४ देशमा विना भिषा प्रवेश गर्न पाउने छन ।

 

Inside Article Ads
Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.