
अमेरिकी राष्ट्रपति जो बाइडेन संघारमा रहको राष्ट्रपति पदको निर्वाचनबाट बाहिरिएका छन ।
बाहिरेन क्रममा उनले “यो मेरो बाहिरीने निर्णय मेरो पार्टी र देशो हितमा छ भनेका थिए । “ अब उनले बर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको लागि समर्थन गर्ने छन । ८१ बर्षीय जो बाईडेनको उमेर र दिमागी हालतको बारेमा विपक्षीले बाईडेन आगामी निर्वाचनको राष्ट्रपति पदमा अयोग्य ठहरिएको कुरा चलाउँदै आएका थिए । विपक्षले धेरै उमेरको कारण दिमाग सुस्त भएको
धेरै उदाहरण समेत दिएका थिए । जुन अमेरिकामा अमेरिकी नागरिक बीच पनि ब्यापक चर्चा भएको थियो । बाईडेनले यसको खण्डन गर्दै आएका थिए । केही दिन अगिमात्रै उनले आफू,शारिरिक र मानसिक दुबै रुपमा सक्षम रहेको र प्रधानमन्त्री
पदका निर्वाचनबाट आफू पछि नहट्ने भनेका थिए । त्यसको वावजुद पनि विपक्षीले लगातार लगाएको आरोप र उनकै पार्टी भित्रबाट पनि उनी मानसिक असन्तलित भएको चर्चा चल्न थालेपछि बाईडेन पछि हटेका हुन । बाईडेनका यस किसिमको निर्णयमा पुर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले उनको तारिफ गर्दै भनेका छन । “जब म १६ बर्ष पहिले उप राष्ट्रपति पदको उम्मेदवारको लागी लालायित थिएँ त्यतिखेर जो बाईडेनको जनसेवाका क्षेत्रमा शानदार करियरको बारेमा मलाई थाहा थियो तर म ” जो बाईडेनले राष्ट्रपतिमा आफूलाई समर्थन गर्ने भनेपछि उप राराष्ट्रपति कमला ह्यारिस हौसिएकी छिन र उनले भनेकी छिन “ मेरो प्रयत्न जितको लागि हुनेछ । मेरा सबै शक्ति हाम्रो राष्ट्रलाई एकता गराउन र ट्रम्पलाई हराउन हनेछ ।“