Fast Nepal News

फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत

banner single news

फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ ।

क्लबसँग आजै औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्पलाई रियल म्याड्रिडको स्टेडियममा ८० हजारभन्दा बढी फ्यानहरूले स्वागत गरेका थिए ।

स्टेडियममा ८० हजार फ्यानहरूलाई सम्बोधन गर्दै एम्बाप्पेले आफ्नो बाल्यकालदेखिको सपना आज पूरा भएको बताएका थिए । उनले आफू रियल म्याड्रिडमा गोल गर्न र ट्रफी जित्नको लागि मात्र नआएको बताउँदै एम्बाप्पेले आफू पूर्णरूपमा रियल म्याड्रिडलाई अपनाउन आएको बताएका थिए ।

गत महिना नै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले मंगलबार औपचारिक सम्झौता गरेको हो । यसअघि उनले मंगलबारनै मेडिकल समेत गरेका थिए ।

२५ वर्षीय एम्बाप्पे फ्री ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।

Inside Article Ads

पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो ।

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए ।

अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९ २० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

 

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.