Fast Nepal News

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरुलाई एकजुट हुन आव्हान

banner single news

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरुलाई एकजुट हुन आव्हान गरेका छन्।

पेन्सलभेनिया राज्यमा भएको एक चुनावी र्‍यालीमा सम्बोधनका क्रममा ट्रम्प माथि गोली प्रहार भएको थियो । घटनामा ट्रप्पको कानमा सामान्य चोट लागेको थियो ।

उपचारपछि ट्रम्प आफ्नो घर फर्किसकेका छन्। तर बन्दुकधारीले किन ट्रम्पमाथि गोली प्रहार गरे भन्ने कुरा अझै रहस्यमय नै रहेको छ । प्रहरी अनुसन्धानले बन्दुकधारी २० वर्षीय युवक थोमस क्रुक्स रहेको पत्ता लगाएको छ ।

तर उनी कुन विचारधाराका मानिस हुन् भन्ने कुरा भने अझै खुल्न सकेको छैन ।

Inside Article Ads

२० वर्षीय ती बन्दुकधारीको यसअघि त्यस्तो कार्यमा संलग्न भएको कुनै रेकर्ड भेटिएको छैन ।

एफबीआइले हत्याको प्रयास के कारणले गरे भन्ने बारे थप जान्नको लागि क्रुक्सको फोनबाट अनुसन्धान अघि बढाउने प्रयास गरिरहेको छ । क्रुसलाई घटना लगत्तै गोप्य सेवाले गोली हानी मारेको थियो ।।

 

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.