
पुर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्र्टीबाट पुन राष्ट्रपतिको दावेदार
डोनाल्ड ट्रम्प माथि शनिबार को र्यालीमा गोली हानी हत्या गर्ने प्रयास भएको
हो ।
पेंसिलबेनियाा को बटलरमा भएको र्यालीमा गोलि हानी हत्या गर्ने प्रयास
गरिएको थियो । तर गोली धेरै माथिबाट आएको हुनाले गोलीले ट्रम्पको
कानको माथिल्लो भागमा मात्रै लागेको छ जसले गर्दा अठहतर बर्षिय पुर्व अमेरिकी
राष्ट्रपतिको ज्यान जोगिएको हो । घटना भएकै केही समयपछि ट्रम्प स्वयंले सोसल
मिडिया ट्रुथ बाट आफूलाई मार्न खोजिएको घटनाको जानकारी गराएका थिए ।
उनले र्यालीमा उपस्थित गोलि लागी घाईते भएका उनका समर्थकहरुप्रति संवेदना
प्रकट गर्दै भनेका छन ।
सबैभन्दा महत्वपूर्ण कुरा गोलीको शिकार भएका र घाईते
सबै ब्यक्तिको परिवार प्रति समवेदना प्रकट गर्दछु । मैले बुझिसकेको थिएँ कि
केही गडबड हुँदैछ । मेरो कानमा झननन गरेको आवाज गुञ्जीरहेको थियो ।
गोली पडेकेको आवाजहरु प्नि सुनिरहेको थिईयो । जस्ता कुराहरु उनले आफ्न
सोसल मिडियामा राखेका छन । घटना कसले किन गरेको भन्ने अहिले सम्म खुलिसकेका छैन ।
