Fast Nepal News

ईरानको राष्ट्रपति पदको निर्वानचबाट सुधारवादी समूह मसुद पेजेशकियान निर्वाचित

banner single news

ईरानको नवौं राष्ट्रपति पदको लागी भएको दोस्रो
चरणको चुनावको नतिजा आईसकेको छ ।

चुनावको मत परिणाम अनुसार
आफ्ना प्रतिद्धन्दी कट्टरपन्थी नेता सईद जलिललाई हराउँदै
मसुद पेजेशकियान विजयी भएका छन । पेजेशकियानको जितको कारण
उनले चुनावी दौरानको समयमा ईरानको सिया धर्ममा कुनै पनि
आम परिवर्तन नगर्ने प्रतिज्ञा गर्नु पनि एक हो । उनको जित जति
सहजरुपमा भयो तर उनको कार्यकाल त्यति सहज नहुनसक्ने अनुमान
गरिएकोछ किनकी उनले आफ्नो कार्यकालमा समाजसुधारवादी
कामकार्यवाही गर्नका निम्ति कट्टरपंथी नेताहरु बाधक बन्न सक्ने
देखिएको छ ।

Inside Article Ads

पहिलो चरणको चुनावमा पेजेशकियान र जलिल दुवैको
स्पष्ट बहुमत आएको थिएन । ५ जुलाईमा दोस्रो चरणको चुनावबाट
भने पेजेशकियान ३० लाख भन्दा धेरै मतले विजयी भए । ईरानी
मिडिया अनुसार पेजेशकियानले १ करोड ६४ लाख मत प्राप्त गरेका थिए
भने उनका प्रतिद्धन्दी जलिलले १ करोड ३६ मत प्राप्त गरेका थिए । ३
करोड मतदाताले चुनावमा आफ्नो अमुल्य मत दान गरेका थिए ।
ईरानका राष्ट्रपति ईब्राहिम रईसको हेलिकप्टर दुर्घटनामा परी
यही १९ मे मा मृत्यु भए पछि ईरानले राष्ट्रपति चुनवाको घोषण
गरेको थियो ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.