Fast Nepal News

आसममा बाढीका कारण १८ जनाको मृत्यु, छ लाख भन्दा बढी प्रभावित

banner single news

भारतको उत्तरपूर्वी राज्य आसममा अविरल वर्षाका कारण बाढी आएको छ ।

बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ भने स्थिति गम्भीर रहेको छ ।

आसमका दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिसहरू बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । विगत २४ घण्टामा चार जनाको ज्यान गए सँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको छ । यसै गरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाईएको छ ।

Inside Article Ads

अधिकारीहरूले हाल ५७७ गाउँहरू डुबानमा परेको जनाउँदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण एएसडीएमए का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ । प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, बाढी प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल एनडीआरएफ र राज्य विपद् प्रतिक्रिया बल एसडीआरएफ का कर्मचारीहरू तैनाथ गरिएको छ । गत महिना पश्चिम बङ्गालाल र बङ्गलादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुरका राज्यहरूमा बाढी आएको थियो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.