Fast Nepal News

अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानीमा

banner single news

युरोप भ्रमणमा रहेकि प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ ।

कोपनहेगनमा रहेको रेस्टुरेन्ट नेपाली भान्छाको ग्यालेरीमा बैशाख २९ र ३० गते दुई दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।

डेनमार्कका लागि नेपाली राजदूत प्रा।डा।रामस्वार्थ रायले बैशाख २९ गते शनिबार एक कार्यक्रमका बीच प्रदर्शनीको उद्घाटन गरेका छन्।
नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको थियो ।
प्रदर्शनीमा चित्रकार यादवका ३२ वटा मिथिला चित्र राखिएका थिए । ती चित्रहरु नेपालको समाज र संस्कृति झल्किने खालका थिए ।

Inside Article Ads

यसअघि चित्रकार यादवले कोपनहेगनमै नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएकी थिइन् । एनआरएनए डेनमार्कले आयोजना गरेको चित्रकला कार्यशालामा करिब पचास जना प्रशिक्षार्थी सहभागी थिए । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा आएका अभिभावकहरुले पनि चित्रकार यादवसँग मिथिला चित्र कोर्न सिकेका थिए।

 

 

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.