Fast Nepal News

नाइजरमा हजारौँ नागरिकले गरे प्रदर्शन

banner single news

नाइजरबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् ।

संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता समाप्त गर्ने सरकारको निर्णयपछि पनि अमेरिकी सेना फिर्ता नभएको भन्दै हजारौँ नागरिकले नाइजरको राजधानी नियामेको सडकमा जुलुस निकालेका छन् ।

चर्को गर्मीको सामना गर्दै प्लेकार्ड र विभिन्न ब्यानर बोकेर हजारौँ नागरिक सडकमा निस्किएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । नाइजेरियाली नागरिक समाजका सङ्गठनहरूको समन्वय गरिरहेका मोहम्मद अलकाबिरले अमेरिकी सेनालाई देशबाट नधपाएसम्म आन्दोलन नरोकिने बताएका छन्।

Inside Article Ads

गएको मार्चमा नाइजरले संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता रोकेको थियो । अहिले लगभग सात सय जना अमेरिकी सेना नाइजरमा रहेको अनुमान छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.