
बिहिबार बेलारुसी महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई बेलारुसका राष्ट्रपति लुकाशेन्कोले ‘बेलारुसको नायक’ को उपाधि प्रदान गरेका छन्।
देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस—२५ अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्इएसएस० मा उडान गरेकी थिइन्।
उनी अप्रिल ६ मा सफलतापूर्वक फर्किएकि थिइन् । लुकासेन्कोले समारोहमा आइएसएसमा भासिलिभस्कायाको उडानले बेलारुसको अन्तरिक्ष कार्यक्रमहरूमा सहभागिताको लागि नयाँ कोसेढुङ्गा भएको बताएकी छन्।
बेलारुसको नायकको उपाधि बेलारुसको सर्वोच्च सम्मान हो । जुन देश र समाजमा उत्कृष्ट योगदान र राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र समृद्धिको नाममा उत्कृष्ट सेवाहरूको कदरस्वरूप प्रदान गरिन्छ ।