
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा सन् २०२२ मा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले प्रमाणित गरेका भेनेजुएलाका जुआन पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गरेका छन्।
एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए। पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालिन समयमा जीवित व्यक्तिहरूमध्ये उनको नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो