
काठमाडौँ — पुस ३, २०७९।
थाईल्याण्डमा आयोजित बालबालिका संवद्द अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘किड्स स्टार ईन्टरनेसनल २०२२’ मा नेपाललाई उत्कृष्ट सफलता मिलेको छ ।
केही समयअघि राजधानीमा फेसन ईराको आयोजनामा सम्पन्न ‘लिटिल स्टार प्रिन्स एन्ड प्रिन्सेस २०२२’ का विजेता आर्यन पोखरेल (प्रिन्सतर्फ), स्मारिका लम्साल (प्रिन्सेसतर्फ) र सेकेन्ड रनर अप युभी लामा गुरुङ्ग(प्रिन्सेसतर्फ)ले थाईल्याण्डमा आयोजित ‘किड्स स्टार ईन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व जनाउँदै उपाधी जितेका छन ।
सनिबार अर्थात डिसेम्बर १७ मा सम्पन्न प्रतियोगितामा आर्यनले ‘किड्स स्टार ईन्टरनेशनल २०२२’ को टाईटल उपाधी सहित राईजिङ स्टार २०२२ को उपाधी हात पारे भने स्मारिकाले बिधागत तर्फको बेस्ट फ्रेन्डशिप अवार्डसहित बेस्ट कस्टुमतर्फ फोर्थ रनर अपको उपाधी जितिन। त्यसैगरी युभीले किड्स स्टार फिफ्थ रनर अप सहित बेस्ट नेशनल कस्टुमतर्फ फर्स्ट रनर अपको उपाधी जितिन।
बालाबालिकाहरुको अन्तर्निहित प्रतिभालाई परिपक्व बनाउन अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढ्न हौस्याउनुपर्छ । बालबालिका केन्द्रित सौन्दर्य प्रतियोगितासंगै सङ्गीत, नृत्य, अभिनय जस्ता विभिन्न प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटन गराउन सहज हुने र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगितामा बालबालिकाहरुलाई सहभागी गराउँदा उनीहरुको चौतर्फी बिकाससंगै हाम्रो संस्कृती तथा भेषभुषाको प्रवर्द्दनमा समेत सहयोग पुग्ने फेशन ईराका संचालक आनन्द सिंहले जनाए।
