Fast Nepal News

ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता

banner single news

एजेन्सी । बेलाइतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।औपचारिक रूपमा आइतबार प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा उक्त प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीले आर्थिक स्थायित्व पुनः स्थापना गर्ने र ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन ।यसअघि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेट गरेका थिए ।

Inside Article Ads

राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका थिए ।पहिलो एसियाली मूलका ब्रिटिश प्रधानमन्त्री सुनक यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन्।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.