
५ कात्तिक, काठमाडौं -चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन आजबाट सम्पन्न भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ ।
१६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गर्दै सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो। सीको चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणालाई अक्षरस पालना गर्दै यो महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ। अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन रहेको छ। अक्टोबर १६ मा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै आज अक्टोबर २२ गते चीनको बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।
