अटवा, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्।
प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् ।
दशैं असत्यका विरुद्ध सत्यको विजयको प्रतिक भएको बताउँदै उनले कोरोनाका कारण स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन आग्रह गरेका छन्।क्यानडामा रहेका हिन्दुलाई दशैं घरमै वा भर्चुअलरुपमा मनाउन समेत उनको आग्रह छ ।