Fast Nepal News

अमेरिकी राष्ट्रपति ट्रम्पको चिनियाँ बैंकमा खाता

banner single news

काठमाण्डाै – न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चिनियाँ बैंकमा आफ्नो खाता भएको बताउनुभएको छ । यस बैंकको खातालाई ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टले नियन्त्रित गर्छ र सन् २०१३ र २०१५ को बीच यस बैंक खाताबाट स्थानीय करको भुक्तानी पनि गरिएको बताइएको छ ।

डोनाल्ड ट्रम्पका प्रवक्ताका अनुसार एसियामा होटल उद्योगसँग जोडिएका सम्भाव्यताहरु खोज्नको लागि यो बैंक खाता खोलिएको थियो । राष्ट्रपति ट्रम्पले चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीहरुको आलोचना गर्दै आउनुभएको छ र उहाँले चीनविरुद्ध व्यापारिक लडाइँ पनि गरिरहनुभएको छ ।

Inside Article Ads

न्युयोर्क टाइम्स अखबारले डोनाल्ड ट्रम्पको कर तिरिएको रेकर्डबाट यो बैंक खाताको बारेमा पत्ता लगायो, जसमा ट्रम्पको व्यक्तिगत र कम्पनी, दुवैको वित्तीय विवरण समावेश थियो । अखबारले आफ्नो पछिल्लो रिपोर्टमा सन् २०१६–२०१७ मा ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नु हुँदा अमेरिकी फेडरल ट्याक्सको रुपमा उहाँले मात्र ७५० अमेरिकी डलर भुक्तानी गर्नुभएको थियो ।यद्यपि डोनाल्ड ट्रम्पले ट्याक्स बचाउन सबै नियमको फाइदा उठाएको, जसका कारण यति कम ट्याक्स दिनु परेको रिपोर्टबारेमा सफाइ दिइसक्नुभएको छ । अखबारको ताजा रिपोर्टका अनुसार ट्रम्पको चिनियाँ बैंक खाताबाट स्थानीय करमा एक लाख ८८ हजार पाँच सय ६१ अमेरिकी डलर भुक्तानी गरिएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.