Fast Nepal News

डोनाल्ड ट्रम्पका १४ वर्षीय छोरालाई कोरोना संक्रमण

banner single news

काठमाडौँ, अशोज २९ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १४ वर्षीय छोरा बैरनलाई कोरोना भाइरसको संक्रमण भएको छ।

छोरालाई कोरोना पुष्टि भएपछि मेलानियाले आफूलाई जे कुराको डर थियो, त्यही भएको बताएकी छन्। उनले छोरामा कोरोना पुष्टि भएपनि आफ्नो छोरा बलियो भएको र संक्रमणको कुनै लक्षण नभएको जानकारी दिएकी छन्। यस्तै ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले आफ्नो परीक्षण भने नेगेटिभ आएको जानकारी दिएकी छन्।

यसअघि अक्टुबर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र पत्नीलाई कोरोना पुष्टि भएको बताएका थिए। उनीहरूसँगै ह्वाइट हाउसमा काम गर्ने कयौं कर्मचारीमा पनि संक्रमण पुष्टि भएको थियो। हाल उनीहरू सबैलाई ठीक भइसकेको छ। संक्रमण भएपछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल बस्नुपरेको थियो।

Inside Article Ads

कोरोना मुक्त भएका ट्रम्पले बुधबार आयोवा राज्यको एक चुनावी अभियानमा जानुअघि पत्रकारहरूसँग आफ्ना कान्छा छोरा ठीक भएको बताएका थिए। सो चुनावी र्‍यालीमा उनले ‘केही समयका लागि आफू संक्रमित भएको’ भनेका थिए।

‘मलाई लाग्दैन कि उसलाई आफू कोरोना संक्रमित भएको पनि थाहा छ होला किनकी ऊ अझै युवा छ र उनको रोग प्रतिरोधी क्षमता एकदमै राम्रो छ। ऊ यसबाट लड्न सक्षम छ’, ट्रम्पले भने।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.