Fast Nepal News

अमेरिकामा कोरोनाले भयावह रुप लिँदै

banner single news

काठमाडौं, असोज ५ – संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । अमेरिकामा २ लाख ४ हजार ६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६९ लाख ८६ हजार ७ सय ५६ पुगेको छ ।

हालसम्म ४२ लाख ३६ हजार ७ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.