
१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई आज मंगलबार सम्बोधन गर्दै छन् ।
आज जनरल डिबेटको अन्तिम दिन हाे,कार्यक्रम तय भए अनुसार, नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने छ । सभामा भाग लिनका लागि नै भनेर सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।
