Fast Nepal News

परराष्ट्र मन्त्री खड्कालाई चीन र भारतले बधाई दिए

संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री न्युयोर्कमा छन् भने परराष्ट्र मन्त्री खड्का आज अपराह्न न्युयोर्क पुग्दै छन्

banner single news

बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्का परराष्ट्र मन्त्री नियुक्त भए पछि भारतीय समकक्षी एस जयशंकरले बुधबार सामाजिक सञ्जाल ट्वीटरबाट खड्कालाई बधाई दिएका हुन्।परराष्ट्र मन्त्री खड्कालाई दुई छिमेकी मुलुक चीन र भारतले बधाई दिएका छन्। ‘नेपालको परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा माननीय डाक्टर नारायण खड्कालाई बधाई,’ जयशंकरले लेखेका छन्,‘म उहाँसँग काम गर्न प्रतीक्षारत छु।’समाचार संस्था राससका अनुसार परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना छ।

उत्तरी छिमेकी चीनले पनि परराष्ट्र मन्त्री खड्कालाई बधाई दिएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले खड्काले पदभार ग्रहण गर्दै गरेको तस्बिरसहितको परराष्ट्र मन्त्रालयको ट्वीट रिट्वीट गर्दै उनलाई बधाई दिएकी हुन्।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.