Fast Nepal News

पेरुका कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको निधन

जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको छ

banner single news

२७ भदौ, काठमाडौं । पेरु क्रान्तिका नेता गोन्जालोको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको छ ।

दार्शनिक नेता गोन्जालो सन् १९९२ देखि जेलमा थिए । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो ।

गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो । उनको जन्म सन् १९३४ मा पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहर नजिक भएको थियो । विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।

Inside Article Ads

गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो । सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो ।
सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परे । उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजायँ सुनाइयो ।
उनकाे सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन । पेरुमा १९९९ सम्म चलेको जनयुद्धको क्रममा करिव ७० हजार मानीसले ज्यान गुमाएका थिए ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.