Fast Nepal News

मृतक संख्या बढेसँगै इटालीमा ‘नो मास्क’ र्‍याली

banner single news

रोम— भाद्र २२, २०७७।

इटालीको राजधानी रोममा मास्क प्रयोगका विरुद्ध प्रदर्शन भएको छ। सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेपनि मृत्युदर बढेपछि यसको प्रयोगविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्वास्थ्यमन्त्रीले शनिबार १६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएपछि प्रदर्शन भएको हो। लामो समयसम्म मृत्युदर घटे पनि शनिबार एकैदिन १६ जनाको ज्यान गएको हो। त्यस्तै थप १ हजार ६९५ संक्रमित भेटिएका छन्।

Inside Article Ads

यसअघि शुक्रबार ११ संक्रमितको मृत्यु भएको थियो भने १ हजार ७३२ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै बिहीबार १० जना संक्रमितको ज्यान गएको थियो।

गत डिसेम्बरदेखि विश्वभर फैलिएको भाइरसबाट हालसम्म इटालीमा २ लाख ७६ हजार ३३८ संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये २ लाख ९ हजार ६१० निको भइसकेका छन्। त्यस्तै ३५ हजार ५३४ को ज्यान गएको समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.