Fast Nepal News

तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा सेना प्रमुख परिवर्तन

banner single news

काबुल — २८ श्रावण २०७८

काबुल, तालिबानले आक्रमण बढाउँदै गएपछि अफगानिस्तानले सेना प्रमुख परिवर्तन गरेको छ । एक हप्तामा तालिबानले अफगानिस्तानका ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ । गत जुनमा अफगानिस्तानको सेना प्रमुखमा जनरल वली मोहम्मद अहमदजाईलाई नियुक्त गरिएको थियो । अफगानी राष्ट्रपति असरफ घानीले अहमदजाईको ठाउँमा जनरल हिबातुल्लाह अलिजाईलाई सेना प्रमुखका रुपमा नियुक्त गरेका छन् ।

त्यसअघि राष्ट्रपति घानी सुरक्षाफौजको मनोबल बढाउन भन्दै तालिबानको गढ मानिएको मजार–ए–शरिफको भ्रमण गरेका थिए ।बीबीसीका अनुसार तालिबानले गजनी सहरमा ठूलो संख्यामा आफ्ना लडाकू परिचालन गरेको छ । त्यहाँ सरकारी सुरक्षा फौजसँग भीषण संघर्ष भइरहेको बताइएको छ ।

अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा कुनै अफसोच छैन : अमेरिकी राष्ट्रपति बाइडेन

Inside Article Ads

२० वर्ष लामो सैन्य अपरेसनपछि अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिबानले आक्रमण बढाउँदै आएको छ । संयुक्त राष्ट्र संघका अनुसार गत महिना मात्रै तालिबान र सुरक्षा फौजबीचको झडपमा १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ । त्यस्तै युनिसेफले जारी हिंसाको मारमा बालबालिका बढी रहेको बताएको छ ।यसैबीच वासिंटन पोस्टमा छापिएको एउटा रिपोर्टमा ९० दिनभित्र राजधानी काबुल तालिबानको कब्जामा आउन सक्ने बताइएको छ । वासिंटन पोस्टले अमेरिकी गुप्तचर अधिकारीहरुलाई उद्धृत गर्दै तालिबानले ढिलोचाँडो काबुल नै कब्जा गर्ने रणनीतिअनुरुप अगाडि बढेको उल्लेख गरेको छ ।

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.