Fast Nepal News

भारतमा ४२ हजार सङ्क्रमित थपिए

banner single news

काठमाडौँ — २० श्रावण  २०७८

काठमाडौँ, भारतमा गएको चौबीस घण्टामा कोरोनाभाइरसका सङ्क्रमित हुनेको सङ्ख्या बृद्धि भएको छ । गएको चौबीस घण्टामा ४२ हजार ६२५ नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको छ ।

चौबीस घण्टामा ३६ हजार ६६८ जना कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड नौ लाख ३३ हजार २२ जना कोरोनामुक्त भएका हुन । हाल चार लाख १० हजार ३५३ जना सक्रिय सङ्क्रमित छन् ।मन्त्रालयका अनुसार हालसम्म ४८ करोड ५२ लाख ८६ हजार ५७० डोज खोप लगाइएको छ । गएको चौबीस घण्टामा ६२ लाख ५३ हजार ७४१ डोज खोप लगाइएको छ ।

Inside Article Ads

( गोरखापत्र अनलाइन )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.