
मुलुकमा थप १ सय ७१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ७१ र पुरुषको संख्या १०० रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ९४६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ७१ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५९ संक्रमित निको भए, १ को मृत्यु कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५९ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ५९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ ।
