Fast Nepal News

नयाँ अस्पताल सिलन्यास: चितवन मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निर्माण गर्ने भएको छ

१९ कठ्ठा जग्गामा बन्ने अस्पताल एक सय शय्याको हुनेछ ।

banner single news

हेटाैडा, २२ वैशाख । हेटौंडा उपमहानगरपालिका वडा नं ४ मा बन्ने नयाँ अस्पताल चितवन मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निर्माण गर्ने भएको छ । हालै भवनको शिलान्यास गरिएको मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले जानकारी दिए। ‘सीएमसी हेटौंडा’ नाम दिइएको अस्पताल करिब २ अर्ब लगानीमा एक वर्षभित्र बन्ने उनलेे वताए ।
उनका अनुसार १९ कठ्ठा जग्गामा बन्ने अस्पताल एक सय शय्याको हुनेछ । राजमार्गसँगै जोडिएको अस्पतालमा आकस्मिक कक्ष, सिटी स्क्यान, आइसीयू, एनआईसीयू, पीआईसीयू, मोडुलर ओटी, क्याथ ल्याबसहित सुपरस्पेसलिष्ट सेवा सञ्चालन गरिने अध्यक्ष देवकोटाले जानकारी दिए ।

Inside Article Ads
Visited 9 times, 9 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.