Fast Nepal News

प्रधानमन्त्रीद्वारा आजदेखि टाइफाइड बिरुद्दको खोप अभियानको शुभारम्भ

banner single news

काठमाडौँ – २४ चैत २०७८

काठमाडौँ , आजदेखि देशभर टाइफाइड बिरुद्दको खोप अभियान शुरु भएको छ । यो अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौंमा शुभारम्भ गर्नुभयो । काठमाडौँको दरबार हाइ स्कुलमा प्रधानमन्त्री देउवाले टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको हो।

Inside Article Ads

यो खोप अभियान आउँदो वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । सरकारले १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन शुरु गरेको हो। यो अभियान सात वटै प्रदेशमा आजैबाट शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.