Fast Nepal News

भदौ ०४ गते सोमबारको राशिफल

banner single news

मेष राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ हुन सक्छ।साझेदारीमा फाइदा हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ। वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

मिथुन राशि( का, कि, कु, घ, ङ, छ, के, को, हा )

शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। समयमा होसनपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।

कर्कट राशि( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । परिवारजनबाट टाढिनुपर्ला।

कन्या राशि( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धननाश हुने योग
छ ।

तुला राशि( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

Inside Article Ads

कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ ।

वृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

धनु  राशि( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा सावधानी अपनाउनुहोला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। आफ्नै कमजोरीले विवादमा परिनेछ । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला ।

मकर राशि( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। प्रिय जन संगको भेटले मन प्रफुल्ल रहला । सामाजिक प्रतिष्ठा पाइनेछ। भोगविलासमा मन रमाउनेछ ।

कुम्भ राशि( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ। बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।

मीन  राशि( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।`

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.