
मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आजतपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।
वृष राशि(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन । कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला ।
कर्कट राशि(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ। कुराकाट्ने हरुको मुखबन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।
सिंह राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला ।
कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन, लगनशिलता र इमान्दारिताको प्रसम्सा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ । परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला ।
तुला राशि(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योग रहेको छ ।
वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।
धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयापैसाको हानी हुन सक्छ । धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला ।
मकर राशि(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् दिन मध्यम खालको छ । पढाइमा सफलता पाउने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च बढनेछ र काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला ।
कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ, छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।
मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, अनौठो खबर सुन्न्न पाइएला । नया तथा थालेका कामहरु सहजै वन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
