Fast Nepal News

असार ०६ गते बुधबारको राशिफल

banner single news

मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तैबढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।

वृष राशि(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।

मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ ।

कर्कट राशि(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन ।टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला ।विभिन्न सहयोग र उपहार पाइनेछ ।

सिंह  राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि संम्भावना छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

तुला राशि(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला ।

Inside Article Ads

वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् ।सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।

धनु  राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मकर राशि(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ काममा हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ ।सामाजिक कामको दायित्व बढ्नेछ ।

कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ ।

 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.