
मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ ।
वृष राशि(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ।उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ ।
कर्कट राशि(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ।पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला । नया उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ ।
सिंह राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। तापनि टाढिएका साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। मेहनत गर्दा अध्ययनमा पनि प्रगति हुने समय छ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।
कन्या राशि(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ।
तुला राशि(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ।प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्।
वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
मकर राशि(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ।नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ।
मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिहिनेतले नाम र दाम दिलाउन सक्छ। रचनात्मक काम प्रारम्भ हुनेछ भने स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ।
