Fast Nepal News

फागुन ०९ गते मंगलबारको राशीफल

banner single news

मेष राशी – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :

परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला।दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिने छ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुने छ । रोकिएको काम बन्ने छ भने जिम्मेवारीसमेत बढ्ने छ ।

वृष राशी–(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन् ।नयाँ कामले नाम र दाम दिलाउने छ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुने छ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुने छ ।

मिथुन राशी–(का, कि, कु, घ, ङ, छ, के, को, ह) :

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ।। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । तापनि, टाढिएका साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।

कर्कट राशी– (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :

मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।मिहिनेत गर्दा केही काम बन्नेछन् । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ ।

सिंह राशी– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।नयाँ परिवेशमा पुगिने छ, नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिने छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिने छ । भौतिक सुविधा जुटाउन सकिने छ ।

कन्या राशी–(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :

गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । व्यापारमा पनि प्रशस्त फाइदा हुने छ । मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ ।

Inside Article Ads

तुला राशी–(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला ।समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्ने छ ।

वृश्चिक राशी – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :

मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।छातीको समस्याले स्वास्थ्य कमजोर रहने छ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइने छ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

धनु राशी –(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :

कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउने छ । प्रतिस्पर्धीले हार खानेछन् । परिश्रम परे पनि समय निकै फलदायी रहने छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

मकर राशी–(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :

स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । सरकारी कडिकडाउको सिकार भइनेछ ।आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहने छ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिने छन् । अरूका काममा समय बित्न सक्छ । काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गर्दा केही काम बन्नेछन् ।

कुम्भ राशी –(गु, गे, गो, सा, सि, सु, से, सो, द) :
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ने छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने छ । मिहिनेतले काममा सफलता दिलाउने छ ।

मीन राशी –(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ ।आकस्मिक खर्च बढ्ने छ भने आम्दानी कम हुने छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.